इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ गरेको छ ।

कास्कीको कास्किकोट गाउपालिका ४ बस्ने बर्ष ३९ को राजिभ गुरुङले सामाजीक संजाल टिकटक म्यासेन्जरबाट चिनजान गरी विवाह गर्ने प्रलोभन देखाएको भन्ने इटहरीकी एक महीलाको उजुरीका आधारमा इटहरी १३ बाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

गत माघ २५ गते जवरजस्ती करणी गरेको र सुनको ४ आनाको झुम्का, सुनको १० आनाको ब्रास्लेट, ६ आनाको सुनको सिक्री, नगद सत्ताईस हजार पाँच सय, साँग्रिला बैँकको एटिएम कार्ड थान १, मोबाईल थान १ चोरी गरी फरार भएको भनी उजुरी परेको थियो ।

गुरुङलाई ठगी गर्ने नियतले झापा तर्फ आउदै गरेको भन्ने विशेष सुचनाको आधारमा पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here