इटहरी । निशान गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पायोनियर मोटो कोर्प प्रालिले इटहरीमा श्रीजा मोर्टस शोरुम सञ्चालनमा ल्याएको छ । मोर्टस शोरुमको सञ्चालन संगै निशानको नया म्याग्नाइट गाडीको लञ्च गरिएको मोर्टस शोरुमका प्रबन्ध निर्देशक नवीन खतिवडाले बताए ।

नाडाका केन्द्रिय सदस्य कपिल सिवाकोटी र नेपाल बिज्ञापन संघ प्रदेश नम्बर १ का अध्यक्ष एवम प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले म्यागनेट गाडीको संयुक्त रुपमा लञ्च गरेका थिए ।

निशानको उक्त गाडीको मूल्य २९ लाख ४९ हजारदेखि सुरु भएर ४२ लाख ७९ हजार सम्म रहेको कम्पनीका डिलर इन्चार्ज आशिष दाहालले बताए । २ सय ५ एम एम ग्राउण्ड क्लियरेन्स रहेको उक्त गाडिले माइलेज समेत निकै राम्रो भएको कम्पनीको दाबी छ । म्यागनाइटमा २० भन्दा बढि प्रथम श्रेणी र बेस्ट इन सेगमेन्टका सुबिधाहरु छन् जसले उपभोक्ताहरुलाई नवीनतम् रुपमा आधिकारिकता अनुभब गर्ने कम्पनीद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

निशान गाडीका पारखीहरुलाई अब इटहरीबाटै उत्कृष्ट सेवा दिने कुरामा आफूहरु प्रतिबद्द रहेको कम्पनीले जनाएको छ । पूर्वमा हाल निशानको अहिलेको इटहरी शोरुमसंगै विराटनगर सहित बिर्तामोडमा शोरुम रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here