झापा ।  झापा दमक नगरपालिका -९ का २५ बर्षीय रोसन दर्जीलाई लागुऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेकाे छ ।
बिहिबार दिउँसो ३ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका – ६ स्थित मेची पुलमा चेकजाच गर्ने क्रममा रोसन दर्जीलाई ५ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडिभिट्टा झापाले जनाएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here