बेलबारीमा घरघरमा गएर जेष्ठ नागरीकलाई सम्मान

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले घरघरमा गएर जेष्ठ नागरीकलाई सम्मान गर्न थालेको छ । ९० बर्ष भन्दा बढि उमेर समुहका जेष्ठ नागरीकलाई घर घरमा गएर नगरपालिकाले सम्मान गर्न थालेको हो ।

२ नम्बर वडा कार्यालयबाट सम्मान सुरु गरीएको छ । घरघरमै पुगेर जेष्ठ नागरीक आमाबुबाहरुलाई बलाङकेट तथा सुईटर लगायतका सामाग्रिहरु दिएर सम्मान गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । सवै वडामा पुगेर जेष्ठ नागरीकहरुलाई सम्मान गर्ने सुवेदीको भनाई छ ।

सम्मान पाउँदा जेष्ठ नागरीकहरु समेत खुसि भएका छन । नगरपालिकाले गरेको सम्मानले हौसला मिलेको बेलबारी २ की ९३ बर्षीय हरी माया कणेलले बताउनुभयो ।१ सय २ जनालाई सम्मान गरीने नगरपालिकाले जनाएको छ ।एक्टिभ नेपालको सहयोगमा नगरपालिकाले जेष्ठ नागरीकहरुलाई सम्मान गरेको हो ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.