No Result
View All Result
Friday, July 11, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रविन बास्तोला मृत्यु प्रकरण : ‘भाइलेन्ट एपेक्सिया’का कारण मृत्यु भएको भिषेरा प्रतिवेदनमा उल्लेख (भिडियाे सहित)

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १२, २०७७
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
प्रविन बास्तोला मृत्यु प्रकरण : ‘भाइलेन्ट एपेक्सिया’का कारण मृत्यु भएको भिषेरा प्रतिवेदनमा उल्लेख (भिडियाे सहित)
Share on FacebookShare on Twitter

विराटनगर । गत पुस ५ गते उर्लाबारी–५ निवासी प्रविन बास्तोलाको शंकास्पद मृत्यु (हत्या) प्रकरणमा जोडिएका छ जना प्रतिवादी विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ ।

जसमध्ये पक्राउ परेका दुईजनासँग बुधबार बयान लिने काम भएको छ । बाँकी चारजना भने फरार प्रतिवादीको सूचीमा रहेका छन् । प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृत्युका सम्बन्धमा दिइएको प्रतिवेदनका आधारमा सरकारी वलिकको कार्यालयमा मंगलबार नै अनुसन्धानको फायल बुझाएको थियो ।

सरकारी वलिकको कार्यालयले कर्तव्य ज्यान कसुरमा प्रतिवादी कुमार राई र मेहरमान दर्जीसहित ६ जना विरुद्ध मुद्दा दर्ता गरेको हो ।

जिल्ला अदालतमा विराटनगरमा बुधबार पक्राउ परेका दुईजनाको बयान सकिएको छ । जिल्ला अदालत मोरङका स्रेस्तेदार राजकुमार दाहालले बयान सकिएसँगै बिहीबार थुनछेक बहसपछि आदेश हुने जानकारी दिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भिषेरा रिपोर्टमा ‘भाईलेन्स एक्पेक्सिया’ का कारण मृत्यु भएको प्रतिवेदन प्रहरीलाई पठाएको थियो ।

‘भाइलेन्स एक्पेक्सिया’डुण्डिएर, गला दवाएर, डुबेर, निसासिएर, स्वास अवरोध भएर मृत्यु हुनुलाई भनिन्छ । व्यहोराको पत्र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएपछि फागुन ९ गते फायल सरकारी वलिकको कार्यालयमा रायका लागि प्रहरीले पठाएको थियो ।उर्लाबारीमा मृतकका आफन्तले इलाका प्रहरी कार्यालय घेराउ गरिरहेका बेला उनीहरुले त्रुटी फेला पारेसँगै प्रहरीले पनि सरकारी वलिकको कार्यालयमा अनुसन्धानका लागि फायल पठाएको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले अदालतमा प्रतिवादीहरु राई र दर्जीको बयान भईरहँदा बुधबार आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गरेर घटनामा अनुसन्धानको प्रगतिको विषयमा जानकारी दिएका थिए ।No description available.No description available.

घटनामा प्रहरीले हालसम्म गरेका कामहरुको फेहरिस्तको बारेमा एसपी खड्काले पत्रकारलाई ब्रिफिङ गरिरहँदा अदालतमा भने प्रतिवादीहरुको बयान चलिरहेको थियो । पक्राउ परेका सबैलाई छोडेको प्रहरीले दुईजनालाई पुनः पक्राउ गरेर अदालतमा बुझाएको हो। प्रहरीले घटनामा संलग्न आरोपमा दुईजनालाई पक्राउ गरेर सरकारी वकिलको कार्यालयमा अनुसन्धानको फायल मंगलबार नै बुझाएको थियो ।

हालसम्म प्रहरीले घटनाको कनेक्सन खोज्न मेहरमान दर्जी, राजेश रणपहेली, दिपेश पौडेल र सुदिप परियारलाई पक्राउ गरि अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरेर माघ २ गते छोडेको थियो । पुस २२ गते मेहरमान दर्जी, राजेश रणपहेली, दिपेश पौडेल, सुदिप परियार, घरधनी रमेश गिरी र होटल सञ्चालक कुमार राई विरुद्ध रक्सीमा विषालु पदार्थ मिसाई सेवन गराएर कर्तव्य गरि ज्यान मारेको जाहेरी पीडितका आफन्तले दिएका थिए ।

त्यस लगतै प्रहरी रमेश गिरी र कुमार राईलाई समेत पक्राउ गरेको थियो । प्रहरीले यी छ जनामध्ये कुमार राई र मेहरमान दर्जीलाई पक्राउ गरेको हो । बाँकीलाई फरार सूचिमा राखेको छ ।

प्रहरीले घटनाको अनुसन्धानका क्रममा गत पुस २७ गते घटनाको बारेमा थाहा पाउने दुर्गा तामाङसँग कागज गराइएको थियो । त्यहि दिन गिरी र राईको बयान समेत गराइएको थियो । बयानका आधारमा मृतक बास्तोलाई अस्पतालसम्म पु¥याउने एम्बुलेन्सका चालक रमेश पौदारलाई समेत कागज गराइएको थियो ।

पुस २९ गते प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । सरकारी वलिकको कार्यालयले मृत्युको कारण यकिन हुन नसकेको भनि निर्देशन दिएपछि माघ २ गते पक्राउ गरेकाहरुलाई हाजिरी जिम्मा जमानीमा छोडिएको थियो ।

पीडितका परिवारले जाहेरीमा विषालु पदार्थ मिसाई खुवाएर हत्या गरिएको जाहेरी दिएपछि त्यहि अनुसारको भिषेरा परीक्षणका लागि पठाइएको थियो । माघ ५ गते प्राप्त भएको भिसेरा रिपोर्टमा किटनाश, विषाक्त ग्यास, विषाक्त मदिरा नदेखिएको भनि प्रतिवेदन आएको थियो । तर, शरिरमा देखिएको सामान्य घाउले मृतक बास्तोलाको मृत्युको कारण ‘भाइलेन्ट एपेक्सिया’ बाट भएको हुनसक्ने प्रतिवेदनमा उल्लेख थियो ।

माघ १२ गते मृत्युको कारण खुलेर आएपछि प्रहरीले प्रतिवादी राई र दर्जीलाई पुनः ततिम्बा बयान गराएको थियो । त्यसको भोलिपल्ट माघ १३ गते ओमबहादुर थापालाई घटनाको बारेमा कागज गराएको थियो ।

त्यसका आधारमा प्रहरीले भाईलेन्ट एपेक्सिया के–के कारणले हुनसक्छ भनी गत माघ १५ गते पुनः खुलाई पठाउन पत्राचार गरेको थियो । वीपीले कारणसहित पठाएपछि पक्राउ गर्न सकिने दुईजनालाई पक्राउ गरिएपनि अन्य प्रतिवादी भने फरार भईसकेका थिए ।

मोरङ प्रहरीका उपरीक्षक खड्काका अनुसार अनुसन्धानका लागि प्रहरीले आवश्यक सबै प्रक्रिया पूरा गरेको थियो । कुनै कमि नभएका कारण भिषेरा रिपोर्टका आधारमा हामी निष्कर्ष उन्मुख भईरहेकै बेला पीडित परिवारले दवाव दिएपछि दुईजनालाई मात्रै पक्राउ गर्न सकिएको हो । प्रहरीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रतिवेदनका आधारमा पहिले विषालु पदार्थ सेवन गराई हत्या गरिएको आशंका गर्दै परेको जाहेरी वीपीकै प्रतिवेदनका आधारमा सच्याएको थियो ।

माघ १८ गते प्रहरीले मृतकलाई स्वास फेर्न नदिई मुख तथा नाक थुनेर कर्तव्य गरी मारेको भन्ने व्यवहोराको कागज समेत गराएको थियो ।

 

ShareTweetPin
Previous Post

मेन्छयायेममा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु, १ सय ७८ जनाले रोजगारी पाउँदै

Next Post

मेयर द्धारिकलाल भन्छन, ‘आफ्नै पालोमा गाँउका बाटोहरु कालोपत्रे गरिसक्छु !’

Next Post
मेयर द्धारिकलाल भन्छन, ‘आफ्नै पालोमा गाँउका बाटोहरु कालोपत्रे गरिसक्छु !’

मेयर द्धारिकलाल भन्छन, ‘आफ्नै पालोमा गाँउका बाटोहरु कालोपत्रे गरिसक्छु !’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.