इटहरी । सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको छ । आजका लागि छापावल सुनको भाउ ९० हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ कायम भएको छ । आइतबार ८ सय रुपैयाँले बढेर कारोबार सुरु भएको सुनको भाउ ८९ हजारमा यो साता सुरु भएको सुनको कारोबार हिजो स्थिर रह्यो ।

यस्तै चाँदीको प्रतितोला मूल्य मंगलबार बृद्धि भएको छ । हिजोको तुलनामा तोलामा २५ रुपैयाँले बढेर चाँदीको कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here