काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । आजको मन्त्रिपरिषद् बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) माथिको प्रतिबन्ध फुकुवाको निर्णय गर्ने सम्भावना छ ।
त्यसका लागि बिहानै बालुवाटारमा सुरक्षा परिषदको बैठक बसेको थियो । राष्ट्रिय सुरक्षा तथा स्थायित्वमा असर परेको भन्दै मन्त्रिपरिषदले विप्लव नेतृत्वको नेकपामाथि २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो ।
वार्ताको वातावरण बनाउनका लागि सरकारले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको हो । मन्त्रिपरिषदले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको उच्च स्रोतले जानकारी दिएको हो ।
उसमाथि हिंसात्मक गतिविधिमा संलग्न भएको आरोप सरकारको थियो । गएको शनिबार नेकपा महासचिव विप्लवले विज्ञप्ति जारी गरेर सरकारले वातावरण बनाएमा वार्ताका लागि तयार रहेको बताएका थिए ।