मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले गत पुस ५ गते उर्लाबारीका प्रविन बांस्तोलाको हत्या अनुसन्धानको क्रममा परिवारले उठाएका गुनासा सामाजिक सञ्जालमा आएकोबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरी कार्यालय मोरंगले यसबारे ९ फागुनमा थप छानबिनका लागि प्रहरी नायव उपरीक्षक(डीएसपी) मान बहादुर राईको संयोजकत्वमा छानविन समिति गठन गरी अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
गत पुस ४ गते मोरङको उर्लाबारी ५ का ३१ वर्षीय प्रविन बास्तोला कसैको फोन आएपछि घरबाट निस्कनु भएको थियो । दिउँसो ३ बजेतिर उर्लाबारी चोकतिर निस्केका प्रबिनका परीवारलाइ १२ घन्टापछि प्रविनको मृत्यु भएको खबर पुगेको थियो ।
प्रविनको मृत्यु नभई हत्या भएको परिवारले दाबी गरेका छन् । घटनामा शंकास्पद देखिएका उर्लाबारी–६ का रिकेस सिवा भनिने राकेश दर्जी, दीपेश पौडेल, पप्पु भनिने राजेश रणपहेली लगायतलाई प्रहरीले पक्राउ पनि गरेको थियो ।
शव परीक्षण प्रतिवेदन तथा फोरेन्सिक प्रतिवेदन उपलब्ध नभएपछि पक्राउ परेका प्रतिवादीलाई कानुन बमोजिम २५ दिन थुनामा राखी अनुसन्धान गर्ने अवधि पुरा भएपछि सरकारी वकिल कार्यालको निर्देशनमा २ माघमा जमानिमा उपस्थित हुने गरी छोडिएको छ ।
प्रविनका परिवारले भने किटानी जाहेरी दिँदा पनि प्रहरीले छानबिनमा चासो नदेखाएको आरोप लगाएको छ । साथै उनिहरुले घटनाको छनविनको माग गर्दै प्रर्दशन पनि गरेका छन् । अनुसन्धानमा मृतकको फोटोको ठाँउमा अर्कैको फोटो हालेर हदसम्मको लावरवाही गरेको पीडित पक्षको गुनासो छ । घटनाको बारेमा जानकारी माग्दा प्रहरीले उल्टै थर्काउने गरेको परिवारजनको आरोप छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक उद्धव पोखरेलले प्रहरीले अनुसन्धानमा कुनै लापरबाही नगरेको दाबी गरे । ‘मृतक प्रविनले घटनाको अघिल्लो दिन राति स्थानीय सौरभी होटलमा साथीहरुसँग बसेर मदिरा सेवन गरेको र त्यहाँबाट घर जान सक्दिनँ भनेर साथीहरुकोमा सुतेको उनले बताए । उनले नियतबस अर्काको फोटो हाल्ने काम नगरेको बताए ।