रामधुनी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको छ ।

सुनसरीको इटहरी १६ मा मुख्य कार्यालय रहेको सहकारीले आफ्ना सेयर सदस्यलाई सहकारीका बारेमा बित्तिय साक्षरता साथै संस्थाको सामाजिक दायित्वको बारेमा जानकारी गराउने उदेश्य अनुसार शिक्षा प्रदान गरेको सहकारीका बजार प्रर्वधन विभाग प्रमुख रमेश खतिवडाले जानकारी दिए ।

जसअनुसार सहकारीले आज सोमबार बराहक्षेत्र ४ आन्द्रमोड्का सदस्यहरुलाई प्रशिक्षण गराएको छ । सहकारीको बार्षीक कार्यतालिका अनुसार प्रशिक्षण कार्यक्रम विभिन्न शेवाकेन्द्रमार्फत भइरहेको खतिवडाले जानकारी दिए ।

सदस्यहरुलाई सहकारी सस्थाका संचालक समितिका सचिव थिर बहादुर खड्काले सस्थाको संक्षिप्त परिचय र सदस्यको भुमिकाको बारेमा जानकारी गराएका छन् भने, बजार प्रर्वधन विभाग प्रमुख रमेश खतिवडाले वितिय साक्षरता साथै बैंक र सहकारीको बारेमा प्रस्ट पारेका छन् ।

यस्तै संस्थाले गर्ने विभिन्न किसिमको कारोबार मध्ये जीवन बिमा पनि अपरिहार्य छ भन्दै बिमा समन्वयन कर्ता बिमला तिम्सिनाले बिमा गर्नु भनेको समान्यतया भविस्यमा आउने जोखिम बहन गर्न सहज गर्नु साथै मान्छे जन्मिए पछि मृत्यु निश्चित छ तर आफ्नो मृत्यु पछि पनि परिवारलाई आर्थिक रूपमा सवल बनाउन बिमा गर्नु पर्ने बताईन ।

जीवन बिमा जीवन रहदा र भविस्यमा पनि साथ दिने भएकोले कुल आम्दानीको करिब ३५ प्रतिशत रकम बराबरको बिमा गर्यो भने आफ्नो जीवन सुरक्षा हुने समन्वय कर्ता तिम्सिनाले बताईन।

उक्त तालिममा ३५ जना संस्थाका कर्मचारी तथा सेयर सद्स्यहरुको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here