काठमाडौं । नेवार समुदायले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै जवाफदेहिताका लागि पाँच प्रश्न पठाएका छन् ।

नेवाः दे दबूको संयोजनमा नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समितिले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे प्रशासन कार्यालयमार्फत पठाएको प्रश्नमा नेवार भूमि, संस्कृति सभ्यता संरक्षण गर्न समुदायसँग राज्यले सहकार्य गर्नुपर्नेमा विभिन्न बहानामा राज्यबाटै प्रहार भइरहेको किन ? भन्ने सोधिएको छ ।

त्यस्तै आइएलओ १ सय ६९ र युएनड्रिपले दिएको आदिवासी अधिकार अन्तर्गत नेवारहरुको अधिकार किन सुनिश्चित भएन पनि सोधिएको छ ।

तेस्रो प्रश्नमा संविधानमा उल्लेखित स्वायत्त, संरक्षित र विशेष क्षेत्रको कार्यान्वयन किन भएन भनी सोधिएको छ ।

त्यसरी नै चौथो प्रश्नमा सम्मानीत सर्वोच्च अदालतको पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेशको अपहेलता गरी जनताका घरजग्गामा डोजर आतंक किन भइरहेको छ भनी सोधिएको छ भने अन्तिम प्रश्नमा पहिचान, पहुँच र प्रतिनिधित्वका समुदायका मागहरुको सम्बोधन राज्यले किन गरिरहेको छैन भनी सोधिएको छ ।

यस प्रत्रको बोधार्थ आइएलओ कार्यालय, यूनेस्को कार्यालय, राजनीतिक दलहरु, प्रदेश सरकार तथा स्थानीय तहमा दिइने पनि दबूले जनाएको छ ।

वृहत भेलाले प्रश्नहरु तय गरिएको थियो ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here