विराटनगर । उदयपुर कटारी नगरपालिका ७ तकिया का २१ बर्षीय रुपेश फुयाल खैरो हिरोईन सहित पक्राउ परेका छन् ।

आज (सोमबार) दिउसो ३ बजे विराटनगर–१६ का दुर्गा मन्दिर स्थितमा रपेश फुयाल चलाई ल्याएको को २ ह ३७२९ नम्बरको टेम्पोलाई लागु औषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा टेम्पोको फुडब्रेकको म्याट्रिस मुनी लुकाई ल्याएको ३ ग्राम ९४० मिलिग्राम खैरो हिरोईन फेला परेकोले टेम्पो सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here