No Result
View All Result
Thursday, November 6, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अघि बढ्यो अविश्वास प्रस्ताव

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १०, २०७७
in पत्रपत्रिका, प्रदेश, समाचार, हेडलाइन
0
सत्तापक्षको बिरोधपछि प्रदेशसभा बैठक स्थगित, विपक्षीले जनाए आपत्ति
Share on FacebookShare on Twitter

विराटनगर, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले प्रदेशसभा सचिवालयमा दर्ता गरेको प्रस्ताव दुई महिनापछि सदनमा पेस भएको हो।

प्रदेशसभाका ३७ जना सदस्यले हस्ताक्षर गरेको प्रस्ताव पुस १२ गते सचिवालयमा दर्ता भएको थियो। आइतबार निर्धारित समयभन्दा ढिलो सुरू भएको प्रदेशसभा बैठकमा सांसद इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव सदनमा पेस गरे। बैठकमा मुख्यमन्त्रीसहित नेकपा ओली समूहका कोही पनि सांसद उपस्थित भएनन्।

सत्तापक्षले बहिष्कार गरेको बैठकमा अविश्वासको प्रस्ताव पेस भएको हो। सरकारका प्रवक्तासमेत रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले निलम्बित सांसद उपस्थित गराएर सदन सञ्चालन गर्नु कानुनसम्मत् नहुने बताए। निलम्बन गरिएका १६ सांसदलाई उपस्थित गराएकाले सदन बहिष्कार गरिएको उनको भनाइ छ। ‘हामीले कानुनी बाटोका विषयमा सभामुखलाई सम्झाएका थियौँ,’ कार्कीले भने ‘अहिले पार्टी नफुटेको समयमा नेकपा संसदीय दलले गरेको निर्णय मानेर १६ जना सांसद उपस्थित नगराउन हाम्रो माग हो।’

मुख्यमन्त्री राईले दलको नियम कानुनविपरीत काम गरेको भन्दै १६ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका छन्। सो समूहले बैठक बहिष्कार गर्नेबारे सभामुख प्रदीपकुमार भण्डारीलाई जानकारी गराएको थियो। संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव नियमावली १२९ (४) बमोजिम बैठकमा पेस भएको सभामुख भण्डारीले बताए।

यससअघि बैठक रोक्न मुख्यमन्त्री राईले सभामुख भण्डारीलाई दबाब दिएका थिए। तर, सभामुखले अस्वीकार गर्दै कार्यसूची प्रकाशन गरेका थिए। हिउँदे अधिवेशन सुरु भएर दुईपटक बसेर सत्तापक्षकै अवरोधका कारण छोटो समयमै सकिएको बैठक तेस्रो पटक आइतबार बोलाइएको हो।

अविश्वासको प्रस्ताव पेस भएपछि बैठक फागुन २० सम्मका लागि स्थगित भएको छ। नेकपा ओली–नेपाल समूहले प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएपछि सदन अवरुद्ध हुँदै आएको छ। यसअघि बोलाइएको बैठकमा अविश्वासको प्रस्ताव सदनमा पेस गर्ने बताइए पनि सत्तापक्षले अवरोध गर्दा प्रस्तावसमेत पेस हुन सकेको थिएन।

प्रजातान्त्रिक प्रक्रियालाई सत्तापक्षले बारम्बार सदन अवरोध गर्ने र सभामुखले पनि बैठक धेरै पर सारेको भन्दै दाहाल–नेपाल समूहका सांसदले आपक्ति जनाएका छन्। सो समूहका नेता भीम आचार्यले प्रजातान्त्रिक प्रक्रियामाथि अवरोध भए आफूहरू कडा रूपमा प्रस्तुत हुने चेतावनी दिए। ‘सरकार लम्ब्याउने खेलमा सदन सार्ने र रोक्ने काम भएको छ, अब चाँडो सदनबाटै फैसला हुन दिनुपर्छ,’ उनले भने ‘सरकार अब लाचार बनिसक्यो।’

कांग्रेस अविश्वासको पक्षमा
आइतबार विराटनगर आएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावका पक्षमा कांग्रेसले मदतान गर्ने बताएका छन्। ‘कांग्रेस प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनको विपक्षमा हो’, उनले भने, ‘त्यसैले कांग्रेसले अविश्वासको प्रस्तावका पक्षमा मत हाल्छ।’

सरकारका विरुद्ध देशभर आन्दोलन गरिरहेको कांग्रेसले यो विषयमा दोधारे निर्णय नगर्ने सिटौलाले बताए। ‘अब ओलीकै नेतृत्वको कम्युनिस्ट पार्टीलाई सहयोग गरेर जाने कुरै हुँदैन,’ उनले भने ‘कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्नेछ।’ सरकारले राज्य आतंक सुरु गरेको आरोप लगाउँदै सिटौलाले विराटनगरसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा अदालतले फैसला नगरे आन्दोलन गर्छु भन्नु राज्य आतंकको नमुना भएको बताए।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निश्चित भएको विश्वास व्यक्त गर्दै नेता सिटौलाले भने ‘अहिलेको राजनीतिक प्रणाली ध्वस्त पार्ने कदमलाई हाम्रो अदालतले साथ दिने कल्पनासम्म गर्न सकिँदैन।’ अदालतले पुनःस्थापना नगरे निर्वाचनमा जान कांगे्रस तयार हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनको जवाफ थियो, ‘अदालतले त्यसो गर्दै गर्दैन, यो काल्पनिक कुरा नगरौं।’ अन्नपूर्ण पोष्टबाट

ShareTweetPin
Previous Post

इटहरीमा १ नम्बर प्रदेश स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता हुँदै

Next Post

होटल मेनेजमेन्ट नै किन ?

Next Post
होटल मेनेजमेन्ट नै किन ?

होटल मेनेजमेन्ट नै किन ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.