इटहरीमा १ नम्बर प्रदेश स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता हुँदै

इटहरी । सुनसरीको इटहरीमा १ नम्बर प्रदेश स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिताको आयोजना हुने भएको छ ।

चन्द्रमा तेक्वान्दो डोजाङ, सनसाइन डोजाङ र विराट टेलिभिजनको संयुक्त आयोजनामा प्रतियोगिताको आयोजना गर्न लागिएको आज एक पत्रकार संवेलन गरि जानकारी गराइएको छ ।

आगामी फागुन १४ र १५ गते हुने प्रतियोगितामा प्रदेश १ भरका ४ सय भन्दा बढी खेलाडि सहभागि रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रमको संचालनमा इटहरी, इनरुवा, बराहक्षेत्र, हरिनगर, वुडिगंगा गाँउपालीका साथै सुनसरी स्पोर्ट लगाएतको संसस्थाले सहयोग गरेका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्धितियलाई ७ र तृतिय हुनेलाई ५ हजार पुरस्कार प्रदान गरिने खेल संयोजक कुमार गुरुङले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताले कोरोना माहामारीपछि खेलाडिमा भएको फिट्नेसलाई पनि सुधार गर्न पनि खेल महत्वपूर्ण हुने छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.