रामधुनी । सुनसरीको इटहरीमा संचालित स्वारा स्किन एण्ड हेयर क्लिनिकले आइतबार दोस्रो वार्षिक उत्सव भब्यताका साथ सम्मपन्न गरेको छ ।
वार्षिक उत्सवको अवसरमा क्लिनिकले छाला, कपाल, नङ, कुष्टरोग तथा सौन्दर्य सम्बन्धी निशुल्क परामर्श दिएको छ भने कपाल प्रत्यारोपण गर्दा ४० प्रतिशतको समेत छुटको व्यवस्था गरेको क्लिनिकका सञ्चालक अनिल यादवले जानकारी दिए । छुटको व्यवस्था आज (आइतबार) बाट ७ दिन सम्मका लागी लागु हुने यादवले जानकारी दिए ।
प्रदेश १ मै विशेष स्कीन कै लागि मात्र विशेष डाक्टरद्धारा दैनिक रुपमा पूर्ण उपचार गर्दै आएको क्लिनिकले धेरैको समस्या समाधान गर्न सफल भइसकेको छ ।त्यस्तै क्लिनिको स्थापना भएसँगै स्कीन समस्याले हैरान भएका बिरामीले आफ्नै ठाउँमा उपचार पाएका छन् । इटहरीमा स्वारा स्किन एण्ड हेयर क्लिनिक सञ्चालनमा आएसँगै उपचारको लागि अन्यन्त्र जानुपर्ने बाध्यता समेत अन्त्य भएको यादवले बताए ।
सम्पूर्ण सौन्दर्य सम्बन्धी आधुनिक लेजर पद्धतिबाट उपचार गदै आएको यस क्लिनिकमा विशेषगरी युवा पुस्ताका बिरामीहरु बढीमात्रामा आउने गरेका संचालक यादवले बताए ।