रामधुनी । कोशि गाउँपालिका १ लौकहिकि ज्योति शाहलाई लाईफ ईन्सुरेन्स कर्पोरेसन नेपाल मार्फत किसान कल्याण साकोस इटहरीले बिमा दाबि बापतको रकम हस्तान्तरण गरेको छ।

संस्थाको सदस्य सेवा केन्द्र बाङ्गेबाट ब्यापार ब्यबसाय गर्नका लागि सद्स्य अजय कुमार शाहलाई १ लाख रुपैया ऋण लागानि गर्दा बिमा बापतको रकम ६ सय २० रुपयाँ बुझाईएको थियोे ।

सदस्य शाहको मंसिर महिनामा असामयिक निधन भएको थियो । ऋण बिमा बापतको रकम दाबि भुक्तानी शाहकी श्रीमतीलाई १ लाख १० हजार रकम संस्थाका अध्यक्ष शालिकराम ढ्कालले हस्तान्तरण गरेका हुन्।

१६ हजार सेयर सदस्य भएको संस्था नेपालकै उत्कृष्ट बन्न सफल भएको छ। किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले सम्पुर्ण सेयर सदस्यहरुको जोखिम बहनको लागि ऋण लगानीमा साथै जीवन बिमा लाईफ ईन्सुरेन्स कर्पोरेसन नेपाल संग समन्वयन गरि कारोबार गर्दै आएको छ।No description available.

यस संस्थाले २०७० साल देखि बिमा कम्पनी संग कारोबार सुरु गरेर सेयर सदस्यहरुको जीवन बिमा गराउदै आएको छ। यस्ता कार्यक्रमले सदस्यहरुको शुःख दुखमा सहकारीको सधै साथ रहेको देख्न सकिन्छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here