रामधुनी । दलित महिला केन्द्र नेपाल र अन्तर्राष्ट्रिय निर्वाचन प्रणाली संघको स्वामित्वमा इनरुवामा ४ दिने महिला जनप्रतिनिधिको क्षमता अभिबृती तालिम सुरु भएको छ ।
जनवरी २०२१ बाट सुरु भएको तालिम डिसेम्बर सम्म चार भागमा बिभाजन गरेर दिने तालिमका प्रशिक्षक मोहन तिम्सिनाले जानकारी दिए।
पहिलो चरणको तालिममा आत्मबिश्वास बढाउने तालिम रहने छ । इनरुवाका १० , धरानका २०, रामधुनिका ९ , दुहबीका १२ र भोक्राहाका १२ गरि जम्मा ६३ वटा वडाका १ सय २० जना महिला जनप्रतिनिधिलाई तालिम दिईने तिम्सिनाले बताए ।
धरान र भोक्राहामा भने तालिम सम्पन्न भैसकेको छ । तालिममा महिला जनप्रतिनिधिले सहायक भुमिका निभाउनु परेको , कामको प्रोत्साहन नपाएको , सबै ठाउमा समान अधिकार नपाएको , भेदभाव सहनुपरेको , योजना तथा काम कार्यनयनको पुर्ण जानकारी नपाएको जस्ता गुनासो राखेका थिए।