इटहरी । प्रदेश १ को प्रदेशसभा बैठक सरकारले नै अवरोध गर्ने भएको छ । संसद् सचिवालयले आजको बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी गरेपछि सत्तारुढ नेकपा(ओली समूह)ले बैठक अवरुद्ध गर्ने बताएको हो ।

यसअघि गत माघ २५ को बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो । तर सत्तारुढ नेकपा ओली समूहले नै अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

आइतबार दिउँसो २ बजे आह्वान गरिएको बैठक पनि सञ्चालन गर्न नदिने नेकपा ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । दल विभाजनले आधिकारिता पाएपछि मात्रै बैठक सञ्चालन गर्न मिल्ने राजभण्डारीको भनाइ छ । उनका अनुसार की त आफुहरुले कारवाही गरेका सांसद प्रवेश गर्नुहुन्न् ।

सरकार पक्षले बैठक अवरुद्ध गर्ने बताइरहँदा नेकपा प्रचण्ड(माधव समूहले आजको बैठकमा अविश्वासको प्रस्ताव टेबुल गर्नुपर्ने बताएको छ । नेकपा प्रचण्ड(माधव समूहका नेता राजन राइले सबै छिनोफानो प्रदेश सभामा हुने भएकाले त्यसको लागि बैठक बस्नैपर्ने बताए ।

उनले बैठकलाई रुलीङ गर्न सभामुखले भुमिका निर्बाह गर्नुपर्नेमा जोड दिएका छन् । उने मुख्यमन्त्री शेरधन राई सभासंग डराएको आरोप लगाएका छन् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here