इटहरी । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना नेताहरुले बोल्दा बोली समाल्नुपर्ने बताएका छन् । आफ्ना नेताहरुले नै यो बेला हिन्दुराष्ट्रको पक्ष वा विपक्षमा जनमत गर्ने भनिरहेकाले यो बेला नेताहरुले बोल्दा पनि ख्याल गर्नुपर्ने बताए ।

नेपाल प्रेस युनीयन सुनसरीले इटहरीमा आयोजना गरेको साक्षातकार कार्यक्रममा नेता पौडेलले केपी ओलीले निरंकुशता लाद्न खोजेको आरोप लगाएका छन् । उनले हिजो बिराटनगरको कार्यक्रमा ओलीले सर्बोच्चको आफू अनुकुल फैसला नआए आन्दोलन गर्ने भनेको भन्दै यस भनाइको घोर आपत्ति जनाएका छन् ।

पौडेलले भने, ‘उसले के भन्न खोजेको अदालतलाई, अदालतलाई धम्कि दिने, यसले निरंकुशता र शर्वसत्ताबाद लाद्न खेजेको देख्छु ।’ नेता पौडेलले संसद पुनःस्थापना हुनेमा ढुक्क रहेको भन्दै ओलीले घुडा टेकिसकेको उल्लेख गरे ।

‘आफू सांसद नहुँदा पनि मलाई किन संसद पुनस्थापन हुनुपर्छ भन्ने छ । उनले अगाडी भनेका छन्, कांग्रेस भनेको लोकतन्त्रलाई, विधिको शासनलाई मान्ने पार्टी हो । मलाई फाइदा नहोला तर लोकतन्त्रको संविधानको रक्षाका लागी कांग्रेस लड्नुपर्छ । नत्र किन हामीले ७० बर्ष लडेको, किन राणासंग–राजासंग लडेको ?’No description available.

नेता पौडेलले पार्टीको नेतृत्वले गर्दा दोधार शिर्जना हुन पुगेको इकिंत गरेका छन् । अस्तिको केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना प्रस्तावहरुको उत्तर नपाएको भन्दै उनले गुनासो समेत गरेका छन् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here