रामधुनी । झुम्का जेसिज तथा झुम्का जुनियर जेसीज वर्ष २०२१ का पदाधिकारीले पदभार ग्रहण गरेका छन् ।No description available.झुम्का जेसीजका नवनिर्वाचित अध्यक्ष बलराम चौंलागाई र जुनियर जेसीजका प्रनिश सुवेदी (अनिस)लगायत कार्यसमितिका अन्य पदाधिकारीले पदभार ग्रहण गरेका हुन् ।No description available.शुक्रबार कल्पवृक्ष पार्टी प्यालेस झुम्कामा रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न पदस्थापन कार्यक्रममा अन्य निर्वाचित पदाधिकारीले आ –अफ्नो पदभार ग्रहण गरेका हुन् ।No description available.झुम्का जेसीजको अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष बलराम चौलागाईले जेसिजलाई वर्तमान युवा पुस्तालाई सक्षम नेतृत्वको विकास र कुशल युवा पुस्ता निर्माणकार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै अगाडि बढाउने बताए । उनले यो वर्ष नेपाल जेसीजले युवाहरूलाई आत्मनिर्भर बनाउन र युवाहरूको सम्रग विकासका लागि पनि महत्त्वपूर्ण कदम चाल्ने बताए ।
No description available.

झुम्का जेसीजकाे कार्यकारी उपाध्यक्षमा सरोज कोइराला र सागर पराजुली, उपाध्यक्ष पदमा तारा भट्टराई, रोहित नेपाल, कमल कुमार साह र किरण चापागाईले पदभार ग्रहण गरेका छन् ।No description available.

त्यसैगरी जुनियर जेसीज २०२१ को समितिका कार्यकारीणी उपाध्यक्ष आदित्य खड्का र मिलेनियम निरौला, उपाध्यक्षमा मिकिस ठाकुर, नेहा साह, सुगम झा र शिशिर भट्टराई तथा महासचिवमा छविरमण दाहालले पदभार ग्रहण गरेका छन् ।

एक व्यक्ति एक पद, एक वर्ष कार्यकाल रहने जेसिजको परम्परा अनुसार गत फागुन १ गते झुम्का जेसीज वर्ष २०२१ को निर्वाचन भएको थियो । कार्यक्रममा विभिन्न शाखाका पदाधिकारीहरू विभिन्न संघ संस्थाका व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here