रामधुनी । सुनसरीको इटहरीमा संचालित स्वारा स्किन एण्ड हेयर क्लिनिकले दोस्रो वार्षिकोत्सवको अवसरमा ओपीडी सेवा निःशुल्क प्रदान गर्ने भएको छ ।

इटहरी स्थित सुर्य कम्प्लेक्समा संचालित स्वारा स्कीन एण्ड हेयर क्लिनिकको आगामी फागुन ९ गते दोस्रो वार्षिक उत्सवको अवसरमा ओपीडी निःशुल्क र हेयर कपाल प्रत्यारोणमा ४० प्रतिशत छुट दिने भएको हो ।

शुक्रबार क्लिनिकले पत्रकार सम्मेलन गर्दै छाला, कपाल, यौनलगायतका सेवामा समेत सो दिन निःशुल्क परामर्श दिने क्लिनिकका सञ्चालक अनिल यादवले जानकारी दिए ।

सौन्दर्य सम्बन्धि समस्या भएमा सेवा लिन सक्ने चिकित्सक मनोज चौधरीले जानकारी दिए । उनका अनुसार क्लिनिकमा विशेषगरी २० देखि ४५ वर्ष उमेर समुहका युवायुवतीहरु बढी मात्रामा आउने गरेका छन् ।

प्रदेश १ मा पूर्ण रुपमा चिकित्सक बसेर २४ सै घण्टा सेवा दिने पहिलो स्किन क्लिनिक भएको चौधरीले बताए ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here