इटहरी । भिगोर ईन्कर्पोरेशन प्रा.लि. द्वारा सञ्चालित ‘राईड सेरिङ मोटरगाडी ऐप’ ले डिजिटल भुक्तानीको लागि ग्लोबल आइएमइ बैंकसँग सहकार्य गरेको छ ।

बैंकको इटहरी शाखासंग समझदारीपत्रमा हस्ताक्षर गरेको कम्पनिका कार्यकारी निर्देशक अजय गच्छदारले जानकारी दिए । चालकहरुको खाता बैंकले निःशुल्क खोलिदिनेछ भने चालकहरुले प्राप्त गरेको पारिश्रमिक सोही खातामा जम्मा हुने जनाइएको छ ।

यात्रुहरुले पनि बैंकले दिएको क्यु आर कोड प्रयोग गरेर भाडा तिर्न सक्नेछन् । प्रदेस नं. १ मै पहिलो पटक एपमा आधारीत राइडसेयरिङ सेवा “मोटरगाडी” ले नेपाल सरकारको डिजिटलाइजेसन प्राथमिकता अनुसार सो कार्य अघि बढाएको हो।

ग्लोबल आइएमई बैंक डिजीटल पेमेंटमा नेपालकै पहिलो स्थानमा रहेकाले मोटर गाडी एप प्रयोगकर्ताहरुको सहजताको लागि सहकार्य गरेको गच्छदारले बताए ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here