सामाजिक कार्यमा सक्रिय बन्दै इटहरीका रन्जन

इटहरी । इटहरी ५ पचरुखीमा आरती फोटो स्टुडियो संचालन गर्दै आएका रन्जन दाहाल सामाजिक कार्यमा सक्रिय भएका छन् । आर्थीक अबस्था कम्जोर भएका नागरिकलाई राहतस्वरुप खाद्यन्न देखि लत्ताकपडासम्मका सामाग्रीहरु सक्रिय रुपमा वितरण गर्दै आएका छन् ।

उनले आइतबार मात्रै भ्यालेन्टाइन डेको अबसरमा उनले रामधुनी न.पा.–६, बक्लौरी निवासी संगिता सिवाको परिवारलाई खाद्यन्न सहयोग गरे । श्रीमानको निधन पछि दुई छोरा एक नन्द र ससुराका साथ रामधुनीमा बसोबास गर्दै आएकी संगिताको परिवारलाई उनले दुई बोरा चामल, दाहाल, नुन, तेल, चाउचाउका साथै सानो बच्चाको लागि कपडा सहयोग गरे ।

यसअघि पनि उनले विभिन्न ठाँउमा गरिव तथा वेसाहारालाई राहत स्वरुपका सामाग्री वितरण गर्दै आएका छन् । केही समयअघि मोरंगको सुन्दरहरैंचाकी आर्थीक अबस्था कम्जोर भएकी चन्द्रकला उराउको परिवारलाई पनि दाहालले खाद्यन्न वितरण गरे ।दाहालले आफुले आगामी दिनमा आर्थीक अबस्था कम्जोर असाहय, असक्त परिवारलाई सहयोग गर्दै जाने बताउछन् । इटहरीमा फोटो स्टुडियो संचालन गर्दै आएका रन्जन सामाजिक कार्यमा सक्रिय बन्दै उदाहरणीय बन्दै गएका छन् । सामाजिक कार्यमा सक्रिय बनेका दाहालको धैरेले प्रसंसा गरेका छन् ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.