पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको अबिस्वासको प्रस्तावमा कुनै पक्षलाई सहयोग गर्नुपर्ने आबस्यक्ता नरहेको बताएका छन् ।

इटहरीमा पाथीभरा एड्भरटाइजीङ तथा पाथीभरा जव लिंक प्रालिको बार्षिकोक्तसवलाई सम्वोधन गर्दे नेता कार्कीले सहयोग गर्नैपर्ने अबस्था आए कांग्रेसले समाजमा फाइदा पुग्र्ने कार्यमा गर्ने बताए ।

उनले काँग्रेसले मात्रै देशमा बास्तविक विकासको बाटोमा लाने दावी गर्दै, संविधानको रक्षा पैस स्वतन्त्रतामा काँग्रेस अहीले पनि अडिक रहने बताए ।

पाथीभरा एड्भरटाइजीङ तथा पाथीभरा जव लिंक प्रालिको आफ्नो सातौं तथा दोश्रो बार्षीकोत्सव समाहरोहमा बक्ताहरुले संचारमाध्यमलाई विज्ञापनको समानुपातिक वितरण हुनुपर्नेमा जोड दिएका छन् ।

साथै जव लिंकले धेरै वेरोजगारलाई रोजगारीमा लैजान सेतुको भूमिका खेलेको बताएका छन् ।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here