नेकपामा देखिएको तरंगले विकासमा कुनै असर पर्दैनः द्धारिकलाल

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले नेकपामा देखिएको राजनीतिक तरंगले इटहरीको विकासमा कुनै असर नपार्ने बताएका छन् । आज वडा नं ९ वडा कार्यालय भवनको शिलान्यास गर्दै मेयर चौधरीले इटहरीको विकासमा राजनीतिक तरंगले कुनै असर नगर्ने बताएका हुन् ।

आफ्नो सम्पूर्ण ध्यान इटहरीको विकासका लागि अघि बढेकाले विकाशको काम पनि युद्धस्थरमा भइरहेको जानकारी दिए । उनले वडा कार्यलर्यको भवन बनाउँदा निमार्णको गुणस्तरमा कुनै पनि सम्झौता नहुने र तोकीएको समयमा काम सक्नुपर्ने बताए ।

वडा नं ९ का अध्यक्ष भूपेन्द्र बरालले वडा कार्यलय भवन निमाण सहयोगका लागि उपमहानगर र जिल्ला समन्वय समितिलाई धन्यवाद ज्ञापन गरे । समन्वय समितका सदस्य चिरञ्जीवी बस्नेतले भवन समयमै सक्न निर्देशन दिए ।

७२ लाख २९ हजार लागतमा बन्ने वडा कार्यलय भवनका लागि समन्वय समितिको ५० लाख र बाँकी उपमहानगरको रहने वडा सदस्य गणेश केसीले जानकारी दिएका छन् ।

एसअघि प्रकाशित समाचारमा अन्यथा भएकाले सच्याइएको छ: सम्पादक !

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.