इटहरी । पाथीभरा एड्भरटाइजीङ तथा पाथीभरा जव लिंक प्रालिले आफ्नो सातौं तथा दोश्रो बार्षिकोत्सव सम्पन्न गरेको छ । इटहरीमा एक समाहरोहको आयोजना गरेर प्रालिले आफ्नो बार्षिकोत्सव सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल विज्ञापन संघका महासचिव कृष्ण घिमिरेले सरकारले गठन गरेको विज्ञापन बोर्डमा विज्ञापन संघलाई नसमेट्नु दुःखद भएको बताएका छन् । घिमिरेले सरकारको कदमले विज्ञापन बजारका लागि अनुपयुक्त रहेको बताएका हुन् । उनले सरकारले गठन गरेको विज्ञापन बोर्डमा एक जना पनि प्रतिनिधि नहुनुले विज्ञापन बजारको विकाश हुन नसक्ने दावी गरे ।
सरकारले क्लिन फिड नीतिलाई कडाइपूर्वक लागू गर्न सकेमा विज्ञापन बजार हालको भन्दा दोब्बर पुग्ने पनि उनको दावी छ । घिमिरेले नेपाली विज्ञापन बजार खराव रहेकोले समानुपातिक विज्ञापनको आबश्यक्ता रहेको कुरामा पनि जोड दिएका छन् ।
यसैगरी नेपाल विज्ञापन बोर्डका सदस्य चन्द्र न्यौपानेले मिडियालाई व्यवस्थित गर्दै सबैलाई समानुपातिक विज्ञापन वितरण गर्ने बताए । उनले सरकारले विज्ञापन संघलाई समेत प्रतिनिधिमुलक रुपमा समेट्ने दावी पनि गरेका छन् । उनले विज्ञापन एजेन्सीलाई पनि बोर्डमा दर्ता गरेर प्रभावकारी माध्यमबाट बोर्ड संचालन गर्ने उल्लेख गरे ।
कार्यक्रममा पाथीभरा एड्भरटाइजीङ तथा पाथीभरा जव लिंक प्रालिका अध्यक्ष पवन अधीकारीले प्रदेश १ का संचारमाध्यमका लागी विज्ञापन वोर्ड र संघको केन्द्रीय कार्यलयले उचित कदम चाल्नूपर्नेमा जोड दिएका छन् । अधिकारीले आगामी दिनमा पाथीभारा एड्भरटाइजीङ तथा पाथीभरा जव लिंक प्रालिको सेवा विस्तार गर्दै मिडियाहरुलाई सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सस्थाले प्रदेश १ मा रहेर गरेको कार्य उदाहरणीय रहेको बताए । उनले एस्ता कार्यले मिडियाका लागि सहयोग पूग्ने बताउदै पत्रकार तथा संचारमाध्यमका लागि संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नूपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा उद्योग बाणिज्य संघका प्रतिनिधि तथा संचारकर्मी लगाएतको बाक्लो उपस्थिती थियो ।

















