इटहरी । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली श्री ३ बन्न खोजेको आरोप लगाएका छन् ।

इटहरीको तरहरा सहिद आवशिय बिद्यालयमा आयोजित २६ औं जनयुद्ध दिवस बिषेश कार्यक्रममा बोल्दै ओली श्री ३ बन्न खोज्दा देश संकटमा परेको उनको आरोप हो । श्री ३ श्री ५ लगायतका श्रीहरुको युग समाप्त भईसके पनि ओली अझै त्यही युगको बाटोमा रहेको उहाँले दावी पनि गरे ।

सो समुहकी नेतृ रामकुमारी झाक्रीले प्रधानमन्त्री ओलीले संविधान मिचेर अघि बढ्ने मार्ग अपनाउने प्रयास गरेकोमा राजनैतिक लडाइका रुपमा सडकबाट लडाइ लडिरहेको बताइन् । स्थायी कमिटि सदस्य बर्षमान पुनले ओली सरकारकै कारण नेकपाले दुई तिहाईको सदुपयोग गर्न नसकेको बताए ।

सहिदहरुको बलिदानले ल्याएको गणतन्त्रमा ओलीको मनपरी तन्त्र भईरहेको नेकपा नेताहरुको भनाई रहेको थियो । कार्यक्रममा भिम आचार्य लगायतका नेताहरुले बोलेका छन् । पूर्वका सबै जिल्लाहरुमा नेकपाको प्रचण्डमाधव समुहले दिवश मनाएको छ ।यो समुहले दिवश मनाउन सबै ठाँउमा सर्कुलर जारी गरेको थियो । नेकपाकै केपी ओली समुहले भने ओपचारीक रुपमा यो दिवश मनाएन । नेपालको राजनीतिक व्यवस्था परिवर्तनसँगै आर्थिक सांस्कृतिक रुपान्तरणका लागि दश वर्षसम्म चलेको सशस्त्र जनयुद्ध २०६२र६३ को जनआन्दोलन हुँदै शान्ति प्रकृयामा रुपान्तरण भएको थियो ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here