इटहरी । तत्कालिन विद्रोही नेकपा(माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६ औं वर्षगाँठ मनाइँदैछ । २०५२ साल फागुन १ गतेदेखि शुरू भएको सशस्त्र विद्रोह २०६२र६३ सालको जनआन्दोलनसँगै अन्त्य भएको थियो ।
संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरूवात गरेको थियो ।
राज्य र विद्रोही पक्षबाट गरी झन्डै १७ हजार नेपालीको सो युद्धमा ज्यान गएको थियो । शसस्त्र विद्रोह शुरू भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।
यो बर्ष पनि नेकपाको प्रचण्ड माधव समुहले दिवस मनाउन सबै ठाँउमा सर्कुलर जारी गरेको छ । नेकपाकै अर्को खेमा ओली समुहले भने कुनै पनि कार्यक्रम नगर्ने भएको छ ।