सप्तरी । तराईका मुर्तिकारहरुलाई अहिले माटाको मूर्ती वनाउन भ्याईनभ्याई छ । सरस्वती पुजा आउन अब ४ दिन मात्र बाँकी छ ।
मुर्तिको अर्डर बढन थाले पछि ग्रामिण र सहरी क्षेत्रका दजर्नौ मुर्तिकार अहिले माटाका सरस्वतीको मुर्ति बनाउन र अन्तिम रुप दिन व्यस्त भएका छन । यस्तै मुर्तिहरु बिक्री गरेर कोही कोहीले वर्षै भरिको जोहो समेत टार्ने गरेका छन ।
सप्तरीको राजबिराज ७ का धुरण सरदार माझीले अहिले सम्म ४९ वटा मूर्ती वनाइसकेका छन् । अर्डर भने दिनहु जसो आउने गरेको छ । उमेरले ५० वर्ष नाघेका माझी बास, पराल, माटो र रंगको संयोजन गरेर मुर्ति वनाउछन् ।
उनले मुर्तिको आकार र मेहनेत हेरी २ हजार ५ सय देखी १५ हजार रुपैयाँ सम्म मुर्तिको दाम राखेका छन् । विष्णुपर गाँउपालिका ६ का अर्का मुर्तिकार श्याम मुखियाले भने, ‘अर्डर धेरै आएको छ तर चिसोले गर्दा चाहे जति बनाउन सकिएको छैन ।’बुद्धि ज्ञान र विद्याको रुपमा सारा विश्वमा आफ्नो कृपाले ज्ञानको प्रकाश फैलाउने सरस्वतीलाई श्री पञ्चमीका दिन विद्यार्थीले श्रद्धापूर्वक पूजा अर्चना गर्ने परम्परा रही आएको छ ।