सुनसरी । आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सुनसरी चतरानिवासी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी मुद्दाको फैसलाको पूणपाठ तयार भएको छ ।

जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाले सिद्धबाबा र अनुयायीबीच सहमतिमै सम्बन्ध राखेकाले बलात्कार हुन नसक्ने भन्दै सफाइ दिने फैसला गरेको पूर्णपाठ तयार भएको हो । फैसलाको पूर्णपाठमा जाहेरवाली महिलाले नै सिद्धबाबासँग मोहित भएर आफ्नो शरीर समर्पण गरेको उल्लेख छ ।

पूर्णपाठमा सहमतिमा भएको करणीलाई जबर्जस्ती करणी भन्न नमिल्ने उल्लेख गरिएको छ । सिद्धबाबाले पठाएको म्यासेज पीडितका श्रीमानले देखेपछि उनीहरूबीच विवाद भएको र त्यसपछि मात्र उजुरी परेकाले पनि सम्बन्ध सहमतिमा भएको न्यायाधीश कोइरालाको ठहर छ ।

बयानमा सिद्धबाबाले आफू आगो र स्त्री स्पर्श नगर्ने त्रिदण्डी सिद्धबाबा भएकाले सहमतिमा सम्बन्ध राखेको कुरासमेत अस्वीकार गरेका थिए । तर, उनले पठाएका म्यासेजबाट भने सम्बन्ध राखेको पुष्टि हुने फैसलामा उल्लेख छ ।सिद्धबाबाले ‘मबाट गल्ती भयो, अब त्यस्तो हुँदैन, त्यस्तो भयो भने लिंग नै काटी फालिदिन्छु’ भनेर माफी मागेको विषयलाई उनीहरूबीच शारीरिक सम्बन्ध रहेको अदालतले ठहर पनि गरेको छ । जाहेरवालको तुलनामा प्रतिवादीको तर्फबाट प्रेषित भएका सन्देशहरू नगन्य हुनु, शारीरिक चोट नदेखिनुलाई पनि सफाइको आधार बनाइएको छ ।तर, अदालतमा पीडित र साक्षीहरूको बकपत्र, पीडितलाई पटकपटक फेसबुक म्यासेन्जरमा गरेको फोन र म्यासेज, घटनास्थलको मुचुल्का यो मुद्दाका पर्याप्त प्रमाण भएको सरकारी वकिलहरू बताउँछन । सो मुद्दामा सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here