प्रतिकारात्मक तस्विर

काठमाडौं । सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई आगामी फागुन २ देखि कोभिडविरुद्धको खोप दिइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै फागुन २ गतेदेखि ८ गतेसम्म सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी लगायतलाई कोरोनाविरुद्धको खोप दिइने जानकारी दिएको हो ।

खोप सबै कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, जनप्रतिनिधि, पहिले छुट भएका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शव वाहनका चालकहरू र शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई दिइने मन्त्रालयले जनाएको छ ।

तोकिएको खोप केन्द्रमा खोप लगाउन जाँदा आफ्नो परिचय पत्र लिएर जान पनि मन्त्रालयले आग्रह गरेको छ । यसअघि फ्रन्टलाइनरको रुपमा काम गर्ने स्वास्थ्यकर्मी, सफाइकर्मीले खोप लगाइसकेका छन ।भारत सरकारले अनुदान स्वरुप दिएको ‘कोभिसिल्ड’ खोप माघ १४ देखि लगाउन सुरु भएको हो ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here