याद !
कहिले गरिन र कति गर्छौ
भनेर कहिले  नसम्झनु
साच्चै भनौ त !
तिमीलाई याद मैले कहिले गरिन
तिमी आफै याद बनेर आउने छौ
हरेक वर्ष,
हरेक महिना,
हरेक दिन,
हरेक रात,
हरेक समय
सधै सधै तिमी आफै याद
बनेर आउनेछौ….
तिमीले छोएका यी हातहरु
मायाले बोलेका ती वातहरु
तिमीले पुछेका ती आँसुहरु
मायाले दिएका ती हाँसोहरु
सधै सधै याद बनेर आउछन् …
जब जब याद बनेर आउछौ
एक भ्रम नै सहि सपना नै सहि
तर हरेक समय
यो टुटेको मनलाई
यहि महसुस हुन्छ कि
यहि कहि छौ मेरै वरिपरि
मेरै साथमा छौ जस्तो…
सधै सधै अहिरहन्छन् याद बनेर
गफै गफमा बिताएका ती रातहरु
हामीले सजाएका सपनाका ती संसारहरु
खोजी रहन्छ्न मेरा यी दुई
आखाहरुले तिमी लाई नै
हेरेक भिडहरुमा
हरेक गल्लीहरुमा
आखिर यादै त रहेछ्न
उनको याद पनि छाया बनी
लम्किरहन्छ्न मेरै पछि पछि….
साच्चै भनौ त !
तिमीलाई याद मैले कहिले गरिन
तिमी आफै याद बनेर आउने छौ
जसरी नदि मिल्छ समुन्द्र सँग
जसरी दु:ख मिल्छ एकान्त सँग
जसरी माछा मिल्छ पानी सँग
ठिक उस्तै दुरुस्तै तिमी पनि
याद बनेर आउने छौ यो मन भित्र
साच्चै भनौ त !
माया त्यो होइन रहेछ जसको
साथमा समय खर्च गर्छौ अनि
माया पाउनु मात्रै होइन रहेछ
माया त त्यो रहेछ
जो साथमा नहुदा पनि
उसको माया आफ्नो मनको
कुनामा सजाएर राख्ने गर्छौ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here