फायल

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गरिरहेको विज्ञहरूको टोलीले चीनको प्रयोगशालाबाट भाइरस लिक भएको भन्ने सिद्धान्तलाई खारेज गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को टोलीका प्रमुख पिटर बेन एम्बारेकले ’कोरोना भाइरस चीनको प्रयोगशालाबाट लिक भएको सम्भावना अत्यधिक कम’ भएको बताएका हुन् ।

उनले कोरोना भाइरसको उत्पत्तिबारे पत्ता लगाउने धेरै अध्ययन गर्न बाँकी रहेको समेत उल्ल्ेख गर्नुभएको खबरहरुमा उल्लेख छ । अब, दक्षिण पूर्वी एसियामा अनुसन्धान हुनसक्ने एक अर्का विज्ञले बताएका छन् ।

डब्लुएचओको टिम अहिले चीनमा अनुसन्धानको अन्तिम चरणमा छ । सन् २०१९ मा हुबई प्रान्तको मध्यमा अवस्थित वुहान सहरमा कोरोना भाइरसको पहिलो केस फेला परेको थियो ।

विज्ञहरू कोरोना भाइरस जनावर हुँदै मानिसमा सरेको हुनसक्ने बताउँछन्, तर, यो कसरी भयो भन्नेबारे पत्ता लागेको छैन ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here