सुनको भाउ घट्यो, चाँदीको बढ्यो

इटहरी । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको ९० हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतवार सुन तोलाको ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको छ ।

आइतवार एक हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार ३१५ रुपैयाँ निर्धारण गरिएको छ ।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here