इटहरी । प्रदेश १ को प्रदेशसभा बैठक साँझ पौने ४ बजेसम्म पनि बस्न सकेको छैन् ।
यही माघ ७ गते केही मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरिएको बैठक बस्न नसकेको हो ।
प्रदेश १ प्रदेशसभाको बैठकको कार्यसूचीको विषयमा सहमति जुटाउन बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा एक दिन समय माग गरेका थिए ।
सरकार इतर पक्षले बैठक सुचारु गर्नुपर्ने अडान राखेसँगै बैठक बस्ने तयारी गरिएको संसद सचिवालय स्रोतले जनाएको छ ।
प्रदेशसभा बैठक बसाउन सरकारको तर्फबाट पहल नभएको मात्रै होइन सरकार पुरै उदासिन देखिएको विपक्षी दलका नेताहरुको आरोप छ ।
आजको बैठकमा नेकपाको प्रचण्ड नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव टेबल गर्ने तयारी गरेका थिए ।