रामधुनी । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नौ सय ५९ मा झरेको छ ।

पछिल्लो २४ घण्टामा दुई सय ४८ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नौ सय ५९ मा हो ।

अहिलेसम्म नेपालमा दुई लाख ६७ हजार आठ सय १२ जना कोरोना सङ्क्रमणबाट निको भइसकेका छन् । आज ९९ जनासहित अहिलेसम्म नेपालमा दुई लाख ७१ हजार आठ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान नगएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here