इटहरी । नेकपा(प्रचण्ड–माधव)समूहका नेता रामकुमार राईले आमहड्ताल हिंसात्मक नहुने प्रस्ट्र पारेका छन् । उनले प्रधानमन्त्रीको हिटलर प्रवृतिलाई रोक्न यस्तो कदम चाल्नुपरेको बताए ।
उनले सबै नागरिकले हड्तालको पक्षको रहेको पनि उनको भनाई छ । यसबाट पर्न गएको क्षतिमा पार्टीको तर्फबाट माफी माग्दै उनले फलैचान्यूजसंग भने, ‘यो हीटलर प्रबृतिको बिरोधमा गरिएको हड्ताल हो र शान्तिपूर्ण रुपमा नै हुन्छ ।’
यदी सरकारको तर्फबाट अबरोध आए प्रतिवाद गर्ने पनि उनले बताए ।
पूर्वमा सवारिसाधन ठप्प
नेकपाको प्रचण्ड माधव समुहले गरको बन्दका कारण पूर्वमा सवारिसाधन ठप्प भएका छन् ।
प्रदेश १ ट्राफिक कन्ट्रोलले दिएको जानकारी अनुसार लामा दुरीका सवारी चलेका छैनन् भने, अन्य सवारी साधन पनि फाट्टफुट्ट मात्र चलेका छन् ।
संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड(माधव समूहले आज(विहीवार) आम हड्तालको घोषणा गरेको हो ।
खासगरि अनेपेक्षीत रुपमा भएको बन्दका कारण जनजीवन प्रभावीत भएको छ । सामाजिक सञ्जालमा सर्वसाधारणले बन्दको चर्को विरोध गरिरहेका छन ।