रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामधुनीका अध्यक्ष राम कोइरालालाई नेकपाका प्रचण्ड–माधव नेपाल समूहले पदबाट हटाएको छ ।

कोइराला केपी ओली समूहमा लागेपछि बहुमत सदस्यको बैठकबाट अध्यक्ष पदबाट हटाइएको नेकपा रामधुनीले जानकारी दिएको छ ।नेकपा रामधुनीका सचिव उत्तम पौडेलको अध्यक्षतामा आइतबार बसेको नगर कमिटीको कार्यालय बैठकले कोइरालालाई अध्यक्षबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

पार्टी हितविपरीत क्रियाकलाप गरेको भन्दै नेकपाको अन्तरिम बिधान २०७५ को धारा ४४ (क) को ३ बमोजिम अध्यक्ष कोइरालालाई पदबाट निष्काशन गरिएको पौडेलले जानकारी दिए ।

प्रचण्ड–माधव समूहका मानिने अध्यक्ष कोइराला गएको बिहीबार सुनसरीको दुहवीमा उपप्रधानमन्त्रीसमेत रहेका ओली समूहका नेता इश्वर पोखरेल उपस्थित कार्यक्रममा मञ्चमा देखिएपछि उक्त समूहमा खुलेका हुन् ।

May be an image of text

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here