इटहरी । इटहरीमा आफनो घर आँगनमै स्वास्थ्य परीक्षण गर्न पाउदा अपाङ्गता भएका ब्यक्तिहरु उत्साहित भएका छन् । इटहरी उपमहानगरमा अपाङ्गता भएका ब्यक्ति तथा वालवालिकाका लागि सुरु निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन वडा नम्वर २ का ७८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले शिविरको उदघाटन गरिन् । कार्यक्रममा अपाङ्गता परिचय पत्र नलिएका ५४ जनाको सूचीकरण गरिएको छ । इटहरीमा माघ १८ देखि २६ गते सम्म अपाङ्गता भएकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्र्तगत निशूल्क स्वास्थ्य शिविर सुरु भएको हो । इटहरी उपमहानगर, प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा इटहरी उपमहानगरमा अपांगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम संचालित छ ।
माघ १९ गते वडानम्वर ३ को स्वास्थ्य क्लिनिकमा, माघ २० गते वडा नम्वर ५,७ र ८ का लागि इटहरी अस्पतालमा र माघ २१ गते वडा नम्वर ४, ६ र ९ का लागि इटहरी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने छ । यसैगरि माघ २२ गते वडा नम्वर १०, ११ र १२ का लागि र माघ २३ गते वडा नम्वर १३ र १४का लागि खनार स्वास्थ्य चौकीमा निशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
माघ २५ गते वडा नम्वर १७ र १८का लागि पकली स्वास्थ्य चौकीमा, माघ २६ गते वडा नम्वर १५ र १६ का लागि एकम्वा स्वास्थ्य चौकीमा र माघ २७ गते वडा नम्वर १, १९ र २० का लागि २० नम्वर वडा कार्यालयमा स्वास्थ्य शिविर हुने छ ।स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण, मनोपरामर्श, कुपोषण सम्वन्धि परामर्श दिइने सामाजिक विकास शाखाकी अघिकृत माया राईले जानकारी दिइन् । उनका अनुसार हाडजोर्नीको अप्रेसन र हातखुटटा वाङ्गगिएको भए उपचारका लागि रेफर गरिने छ ।यस्तै अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहायक समाग्री वितरणका लागि र अपाङ्गता परिचय पत्र प्राप्त नगरेको भए परिचय पत्रका लागि सूची समेत तयार पारिने छ । निःशुल्क स्वास्थ्य शिविरमा सहभागि हुनका लागि अपाङ्गता भएका ब्यक्ति र वालवालिकालाई इटहरी उपमहानगरले आग्रह गरेको छ ।