काठमडौं । नेपाली कांग्रेसले माघ १९ गते ७७ जिल्लामा एकसाथ प्रदर्शन गर्ने भएको छ ।
कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा सोमबार ७७ जिल्लामा एकैसाथ प्रदर्शन गर्ने भएको हो ।
प्रधानमन्त्रीले संसद् विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम चालेको सभामा भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनतालगायतका मुद्दा उठाइने बताइएको छ ।