आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ मा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

शनिबार स्थानीय टेकबहादुर निरौलाको मतानमा आगलागी हुँदा उनीहरूको मृत्यु भएको हो । आगलागीमा परी ज्यान गुमाउनेमा टेकबहादुरका सात वर्षीय नाती सुगम र चार वर्षीया नतिनी सुदिष्मा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी जनाएको छ ।

माथिल्लो तलामा घाँसलगायतका सामग्री राखिएको मतानमा बालबालिकाले लाइटर खेलाउँदा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

बालक र बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु लगिएको प्रहरीले जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.