तेह्रथुम । कालो सुन भनेर चिनिने अलैँची खेतीमा हौसिएका तेह्रथुमका किसान यो वर्ष निराश भएका छन् ।
पूर्वी पहाडी क्षेत्रमा अलैँचीको राम्रो उत्पादन भएतापनी पनि यो वर्ष भने बिरुवानै बिक्रि नभएपछि किसानहरु चिन्नतित भएका छन्।
अलैँचीबाट राम्रो आम्दानी लिँदै गरेका तेह्रथुम लालीगुराँस नगरपालिकाका कृषक टेकबहादुर केप्छाकी मगरले बिरुवा उत्पादन गरे पनि बिक्रि नहुँदा आफुले लिएको ऋण तिर्न समस्या भएको बताए ।। बिरुवा बिक्रि नभएपछि उनले उत्पादन गरेका झण्डै ४ लाख अलैँचीको बिरुवा बगानमै हुर्किन थालेका छन् ।
सुरुमा १२ हजार रुपैयाँ किलो अलैँचीको बियाँ २० किलो खरिद गरी नर्सरी सुरुवात गरेका उनी अहिले ऋणसमेत तिर्न नसक्ने अवस्थामा पुगेका हुन् ।
। उनले ६० लाख रुपैयाँमा अलैँचीको बिरुवा उत्पादन गरेका थिए ।
गुणस्तरीय बिरुवा उत्पादनसँगै किसानको माग अनुसार बिरुवा उत्पादन गर्ने लक्ष्यले अलैँचीको बिरुवा उत्पादन गरेका किसान अहिले अचैंची मास्न लागेको बताउँछन् । आफ्नै २० रोपनी जमिन र भाडामा जग्गा लिएर मगरले सुरुवात गरेको बिरुवा उत्पादन सुरुका दिनहरूमा राम्रै बजार पाए पनि अहिले बिक्रि हुन नसकेको बताउँछन् ।
बिरुवा बिक्रिका लागि हारगुहार गरे पनि सम्बन्धित निकायले बजार व्यवस्थापन गर्न सकेको छैन । उत्पादन भए अुनसार बिरुवा बिक्रीका लागि भरपर्दो बजार नहुँदा किसानहरू पलायन हुने अवस्थामा पुगेका छन् ।