विराटचौक । मोरङ्गको सुन्दरहरैंचा नगरपालिका ११ स्थित शान्ति टोलको एक अति विपन्न परिवारलाई हाम्रो सुनिश्चित भविष्य नेपालले घरमै पुगेर सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।
पाँच जना छोरी भएकै कारण श्रीमानले छाडेर सम्पर्क विहिन तथा लकडाउनका कारण छाक टार्न तथा जाडोको समस्या परेका चन्द्रमाया उराउको परिवारलाई सहयोग समाग्री हस्तान्तरण गरेको हो ।शुक्रबार संस्थाले बागलुङ हाल पोखरा निवासी ७४ बर्षिय कलावती आचार्यले उपलब्ध गराएको रकमबाट जाडोको समयमा उरावको परिवारमा आवश्यक दुईवटा खाट, डस्ना, सिरक, लगायतका समाग्रीहरु सुन्दरहरैंचाकी उपप्रमुख धनमाया तामाङको हातबाट हस्तान्तरण गरिएको संस्थाकी अध्यक्ष सन्जु सुवेदीले जानकारी दिईन् ।
सहयोग सामाग्री हस्तान्तरण गर्दै उपप्रमुख तामाङले संस्थाले आफ्नो नगरमा रहेको अति विपन्न परिवारलाई सहयोग गरेकोमा धन्यवाद दिएकी थिईन् । उपप्रमुख तामाङले नगरले गर्नुपर्ने काममा काठमाडौंबाट पूर्वमा आएर सहयोग गरेकोमा संस्थाकी अध्यक्षलाई धन्यवाद दिदै आगामी दिनमा नगरले उरावको परिवारलाई थप सहयोग गर्ने प्रतिवद्धता जनाईन् ।
त्यस्तै इटहरी ५ पचरुखीमा आरती फोटो स्टुडियो संचालन गर्दै आएका रन्जन दाहालले जाडोको समयमा पाँच जना वालबालीकाकालागी तातो खाजाकालागी १ काटुन चाउचाउ हस्तान्तरण गरेका छन् । दाहालले आफुले आगामी दिनमा उरावको परिवारलाई थप सहयोग गर्ने बताए । आफुले आम्दानी गरेको केहि प्रतिशत सामाजीक कार्यमा खर्च गर्ने बताएका छन् । नगरपालिकाले आफ्नो नगरमा रहेका विपन्न परिवारलाई सहयोग गर्नु पर्ने दाईत्व भएतापनी काठमाडौंबाट आएर सो परिवारलाई सहयोग सामाग्री उपलब्ध गराएको भन्दै हाम्रो सुनिश्चित भविष्य नेपालकी अध्यक्ष सञ्जु सुवेदीलाई धन्यवाद दिएका छन् ।संस्थाले लकडाउनको समयमा उरावको परिवारलाई खाद्यान्न सामाग्री, लत्ता कपडा साथै शैक्षिक समाग्री हस्तान्तरण गरेको थियो । अगामी दिनमा पाँच छोरीकी आमालाई परिवारको आवश्यकता पुरागर्नका लागि व्यवसायिक बनाउने संस्थाकी अध्यक्ष सुवेदीले बताईन् ।