इटहरी । क्यास अन ह्वीलले इटहरीमा सम्पर्क कार्यालय खोलेको छ । काठमाडौबाट केही महिनाअघिबाट पुराना गाडीहरु किनबेच गराउने उद्देश्यले सुरु गरिएको उक्त कम्पनिको इटहरी कार्यालयको बुधबार उद्घाटन गरिएको हो ।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले कार्यालय उद्घाटन गरेका छन् ।
इटहरीमा खुलेको कार्यालयमार्फत् प्रदेश १ भरीका ग्राहकहरुलाई सेवा दिने विश्वास गरिएको इटहरी ब्रान्च इन्चार्ज विरोध पोख्रेलले जानकारी दिए । उनका अनुसार क्यास अन ह्वीलले गाडीहरु किन्ने र बेच्नेहरुको बिचमा थोरै शुल्क लिएर सहजीकरण गरिरहेको छ । रिकण्डिसनहरुबाट ठगिइरहेका ग्राहकहरुलाई कम्पनिले विश्वसनीय वातावरणमा गाडी किन्ने सुविधा प्रदान गरेको उनले बताए ।
यो कम्पनिले छोटो अवधिमै ग्राहकहरुको मन जितेको कम्पनिका कन्ट्री हेड मोहन भण्डारीले जानकारी दिए । उनका अनुसार कम्पनिमार्फत् पुराना गाडी बेच्नेले उचित मुल्य पाउने र गाडी किन्नेले पनि कण्डिसनको गाडी पाउने छन् । जसबाट क्रेता र बिक्रेता दुवै नठगिने उनले बताए ।
‘हामी गाडीहरुको उचित भ्यालुएसन गरिदिन्छौं र सहजकर्ताको काम गरिदिन्छौं,’ उनले भने, ‘हामीले ज्यादै थोरै शुल्क लिएर यो काम गर्ने हुँदा किन्ने र बेच्नेलाई बोझ पनि पर्दैन ।’
उद्घाटन कार्यक्रममा चीनका एनआरएन सचिव तीर्थ पौडेल, होलसेल व्यवशायी संघ दमक सचिव दयासागर आचार्य, प्रदेश इन्चार्ज मदन भण्डारीलगायतको उपस्थिती थियो ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ इटालिका (italica) इटहरीका अध्यक्ष भीम पौडेलले समयसापेक्ष व्यवसायको सुरुवात तथा विस्तार भएकोमा बधाई दिँदै यसले सवारी साधन किन्न चाहने इटहरीका साथै प्रदेश १ बासीलाई नै सहयोग पुग्ने विश्वास व्यक्त गरे ।