इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले अलैँची ठगीमा संलग्न चारजनालाई पक्राउ गरीे सार्वजनिक गरेको छ । बिहिबार पत्रकार सम्मेलनको आयोजना गरे इलाका प्रहरी कार्यालय इटहरीले ४ जनाको गिरोहलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा खोटाङ जन्तेढुंगा घर भई हाल झापाको बिर्तामोड नगरपालिका ४ बस्ने मात्रिका प्रसाद पोख्रेरेल, दोलखा बिगु ८ का केशव दाहाल, इटहरी ७ का सरोज बोहरा र भोजपुर रामप्रसादराई गाउँपालिका ६ का कमल थापा रहेका छन् ।
पक्राउ परेका पोख्रेलको साथबाट प्रहरीले नबिल बैंक इटहरी शाखामा फर्जी कागज पेश गरी नक्कली दीपक कुमार घिमिरे नाम राखेर खाता खोल्न प्रयोग भएको फोटो, पत्रकार परिचयपत्र र राष्ट्रबादी केन्द्र नेपालको परिचयपत्र, दोलखा बिगु ८ का केशव दाहालको साथबाट पीडितहरुको फोन नं साथमा अलैँचीलाई गोदामसम्म ल्याउन अलैँची काँटा , संघीय समाजवादी फोरमको सदस्यता परिचयपत्र र पत्रकार परिचयपत्र, इटहरी ७ का सरोज बोहराको साथबाट गोदामबाट अलैँची ट्रकमा लोड गरी हलगडामा रहेको गोदाममा बिक्री गरी मुख्य योजनाकारलाई पैसा दिएको बोहरामाथि आरोप लागेको छ ।
त्यस्तै, भोजपुर रामप्रसादराई गाउँपालिका ६ का कमल थापा गोदाम खोज्ने, अलैँची काँटा गर्ने र टिपोट राख्ने काम गर्दै आएको इलाका प्रहरीले कार्यालय इटहरीका डिएसपी अर्जुन केशीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पक्राउ परेका चारै जनामाथि चोरी, ठगी, अपराधिक तथा विश्वासघात मुद्दामा म्याद थप भइरहेको उनले बताए ।
पीडितहरुको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अलैँची बुझिसकेपछि गिरोहले फोन समेत स्वीच अफ गरेको र सम्पर्कमा नआएको भन्दै पीडितले प्रहरीमा उजुरीमा दिएका थिए । सोही उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको डीएसपी केसीले बताए ।