भासी बहुमुखी क्याम्पसलाई जग्गा दान

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा रहेको एकमात्र क्याम्पस भादगाउँ सिनुवारी (भासी) बहुमुखी क्याम्पसलाई आफ्नै भवन बनाउँन जग्गा प्राप्त भएको छ ।No description available.भासी स्कुलको भवनमा सञ्चालित सो क्याम्पसलाई वडा नं. ३ मा १० कठ्ठा जग्गा प्राप्त भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष संकरलाल चौधरीले जानकारी दिए ।

सञ्चालक समितिको पहलमा इटहरी उप–महानगरपालिका स्थायी घर भएका पुरुसोत्तम काफ्ले र रामधुनी नगरपालिकाका स्थायी बासिन्दा भीम लुइटेलले क्याम्पसलाई १० कठ्ठा जग्गा उपलब्ध गराएका हुन् ।

गएको असोज १७ गते सञ्चालक समितिका सदस्यसमेत रहेका नारायण प्रसाद काफ्लेको संयोजकत्वमा सञ्चालक समितिले जग्गा ब्याबस्थापन उप–समिति नै निर्माण गरेर जग्गाको खोजी गरेको थियो ।No description available.सो जग्गा २ करोड मुल्य बराबरको रहेको बताइएको छ ।

तस्विर सौजन्यः खेमराज पौडेल

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.