इटहरी । मलेसियाबाट आज १७ नेपाली कामदारको शव ल्याइने भएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइड बडी ए–३३० जहाजले मलेसियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको हो ।
क्वालालम्पुरबाट शव लिएर वाइडबडी जहाज काठमाडाँै अवतरण गर्दै छ । सामाजिक उत्तरदायित्व अन्तर्गत निगमले नेपालीको शव ल्याउन लागेको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृत्यु भएर त्यहाँ अलपत्र अवस्थामा थिए ।
मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याउन लागेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् ।