इटहरी उपमहानगरद्धारा मुसहर समुदायका लागि घर निर्माण

इटहरी । इटहरी उपमहानगरले विपन्न मुसहर समुदायका लागि नौ वटा घर निर्माण सम्पन्न गरेको छ । वडा नं १६ टिहिटि टोलमा विपन्न मुसहरवस्ती सामृुहिक आवास कार्यक्रमको लागि घर निर्माण गरिएको हो ।

तराइ मधेस समृद्धि कार्यक्रम अन्तरगत ७७ लाख लगानीमा ती घरहरु निर्माण गरिएको हो । त्यहाँ भित्रि वाटोहरु, चिल्डे«न पार्क, सामुदायिक भवन र दिनाभद्रिको मठ पनि निर्माण गरिएको छ ।

प्रमुख द्धारिकलाल चौधरीले इटहरी उपमहानगर विपन्न जनताको हीतमा गम्भिर रहेको वताए । सडक निर्माणका क्रममा विस्थापित हुने अतिविपन्न परिवारलाई ती घरमा राखिने उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।

नगरपालिका अनुसार सो ठाँउमा ५० घर रहेको नमूना वस्ति निर्माण गरिने योजना छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.