अमेरिकाले ५० वटै राज्यहरुमा सुरक्षा सतर्कता बढाएको छ । आउँदो बुधबार हुने राष्ट्रपतिको सपथ कार्यक्रममा हुन सक्ने सम्भावित हिंसा रोक्न सबै राज्यहरुमा उच्च सुरक्षा सतर्कता अपनाएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले यसअघि संसद भवनमै आक्रमण गरेका र फेरि पनि आक्रमणहरु हुनसक्ने खतरा रहेको कारण सैनिक परिचालन गरेर सतर्कता अपनाएको खबरमा उल्लेख छ ।
सबै राज्यका संसद भवनअघि ट्रम्प समर्थकहरुले प्रदर्शन गर्ने सूचना आएको भन्दै सुरक्षा व्यवस्था अत्यन्तै कडा पारेको खबरमा उल्लेख छ ।
राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले बुधबार शपथ लिँदै छन् भने राष्ट्रपति ट्रम्पले औपचारिक रुपमा हार स्वीकारेका छैनन् । ट्रम्पविरुद्ध महाअभियोग समेत दर्ता भएकाले अमेरिकामा सुरक्षा खतरा बढेको छ ।