रामधुनी । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी माघ ११ गते विवाह गर्ने भएका छन् । मुख्यमन्त्री राईले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग प्रेम विवाह गर्न लागेका हुन् ।
मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गर्दै विवाहको मिति माघ ११ गते आइतबार सार्वजनिक गरेको हो। मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा बस्दै आएका छन्।
राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुन लागेको हो। ५० वर्षका राईले आफूभन्दा ३० वर्ष कान्छि युवतिसँग विवाह गर्न लागेका हुन् ।