अब सबै सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन वितरण हुन्छ : मन्त्री नेम्वाङ

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले आम सञ्चारमाध्यमहरूलाई समानुपातिक विज्ञापन वितरण गर्न सरकार लागि परेको बताएका छन् ।

शुक्रबार नेपाल पत्रकार महासंघ पाँचथरको साधारण सभाको उद्घाटन गर्दै मन्त्री नेम्वाङले क्लिनफिड लागू भइसकेको हुँदा अब सबै सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन वितरण हुने बताएका हुन् ।

उनले पत्रकारहरूको न्यूनतम पारिश्रमिकको कार्यान्वयनमा सरकारले दृढ रहेको स्मरण गराउँदै आम सञ्चारमाध्यले पत्रकारहरूलाई न्यूनतम पारिश्रमिकको व्यवस्था गर्नुपर्नेमा जोड समेत दिए । उनले पत्रकारिता क्षेत्रलाई परिस्कृत, सुसंस्कृत र मर्यादित बनाएर लैजानुपर्ने कुरामा जोड दिएका थिए ।

साधारणसभाको अवसरमा महासंघले ४ जना पत्रकारलाई पुरस्कृत समेत गरेको छ ।Image may contain: 5 people, people standing

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.